३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

२३ सदस्यीय महिला राष्ट्रिय फुटबल टोलीको घोषणा



काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ।

घरेलु मैदानमा अर्को साताबाट हुने चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपका लागि महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।
दशरथ रङ्गशालामा हुने प्रतियोगितामा नेपालसहित कीर्गिस्तान, म्यानमार र लेबननको सहभागिता रहने छ ।

प्रतियोगिता फागुन ५ देखि १४ गतेसम्म हुँदैछ।

डिफेन्डर मनमाया दमाई‌ र मिड फिल्डर सुष्मा तामाङ हमाललाई पहिलो पटक समेटिएको राष्ट्रिय टोलीमा मिड फिल्ड चन्द्रा भण्डारी र रेनुका हमालले पनि पुनरागमन गरेका छन् । नेपाली टोलीमा संलग्न खेलाडीहरु यसप्रकार छन स्

गोलकिपर
एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ

डिफेन्डर
अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी, मनमाया दमाई

मिडफिल्डर
अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, रेनुका हमाल, सुष्मा तामाङ

फरवार्ड
सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  १२ : २७ बजे