८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

खाँदबारी–किमाथांका सडक सुक्खा पहिरोले अवरुद्ध



संखुवासभा । कोसी राजमार्गअन्तर्गत संखुवासभाको खाँदबारी–किमाथांका सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ ।

सोमबार ९फागुन १२० बिहान भोटखोलाको हटिया र हुङगुंगबीचको धिगडाँडाखण्डमा पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वांगछेदर भोटेले जानकारी दिए । ढुंगा खसेपछि उक्त सडक अवरुद्ध भएको उनले बताए ।

सदरमुकाम खाँदबारीबाट १०९ किलोमिटरको दूरीमा रहेको उक्त स्थानमा पहिरो खसेको हो । पहिरो खसेपछि भोटखोला–खाँदबारी आउने तथा खाँदबारीबाट गएका सवारीसाधन बाटोमै थन्किएका छन् । पहिरोले करिब ३० मिटर सडक पुरिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  १ : ३० बजे