८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

बजारमा पाइन थाल्यो कुरिलो, कति पर्छ किलोको? 



काठमाडौँ । बजारमा कुरिलो पाइन थालेको छ।

एक डेढ महिनादेखि थोरै मात्रामा बजारमा कुरिलो आइरहेको कालीमाटी बजारका व्यवसायी राज कुमार थापा क्षेत्रीले जानकारी दिए।उनका अनुसार बजारमा कुरिलोको भाउ घटबढ भइरहेको छ।बजारमा धेरै आयो भने सस्तो हुन्छ। थोरै आयो भने महँगो हुन्छ,उनले भने।

हाल उनले ८ सय रूपैयाँदेखि १८ सय रूपैयाँसम्ममा कारोबार गरिरहेको बताए।

कालीमाटी बजार बुधबार कुरिलो प्रतिथोक मूल्य न्यूनतम १२ सय रूपैयाँदेखि अधिकतम १८ सय रूपैयाँसम्ममा कारोबार भइरहेको छ। मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

व्यवसायी राज कुमारका अनुसार कुरिलोको गुणस्तरका आधारमा मूल्य निर्धारण गरिएको छ। अहिले कुरिलोको अफ सिजन हो। बर्खा लागेसँगै कुरिलो सस्तो हुन्छ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ५ : ५२ बजे