भक्तपुर । नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन भक्तपुरमा हुने भएको छ । यही फागुन १६, १७, १८ र १९ गते हुने महाधिवेशनको उद्घाटन फागुन १६ गते सल्लाघारी भक्तपुरस्थित एक सय आठ रोपनीको खुल्ला चौरमा दिउँसो १ बजे हुने नेमकिपाले जनाएको छ ।
महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको नेमकिपाका केन्द्रीय सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले बताए । महाधिवेशनका लागि सातै प्रदेशबाट सहभागिता हुने उनको भनाइ छ । देश र जनताको निःस्वार्थरुपमा सेवामा लागेको भन्दै पार्टीले समाजवादी आचरणलाई व्यवहारमा लागु गर्ने जनाएको छ । आठौँ महाधिवेशन सफल पार्न जनसहभागिता रहने बताइएको छ । महाधिवेशन भव्य रूपमा सम्पन्न गर्ने तयारीकासाथ पार्टी तयारीमा जुटेको पार्टी केन्द्रीय सदस्य सुनिल प्रजापतिले बताए ।
१५ फाल्गुन २०८१, बिहिबार
14
Shares





