३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

गृहमन्त्री ज्यू ! पञ्चा सिंहलाई किन पक्राउ नगरेको ?



काठमाडौँ ‍‍( नेकपा माओवादी केन्द्र विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको २ साता हुनै लाग्दा पनि सरकारले पक्राउ गरेको छैन ।गत शुक्रबार जिल्ला अदालत सुर्खेतबाट पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पञ्चा सिंह पक्राउ नपर्नुमा राजनीतिक संरक्षण दिएको भन्दै सरकारको सुशासनको नारामा प्रश्न उठ्न थालेको छ । यस अघि पनि त्रिभुवन बिमानस्थललबाट भिति्रएका एक सय किलो सुन काण्डमा आरोपित माओवादीका नेता कृष्णबहादुर महरलाई संरक्षण दिएको आरोप थियो ।
अदालतले सिंहसहित छ जनाविरूद्ध पुर्जी जारी गरेको थियो ।

१५ वर्षअघि भएको हत्याको घटनामा सिंहविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

२०६५ फागुन २६ गते साँझ कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या भएको थियो।

सुर्खेत वीरेन्द्रनगरस्थित जनमाविमा राजबहादुरको हत्या भएको थियो।

हत्याको अभियोगमा प्रहरी कार्यालयमा ६ जनाविरूद्ध किटानी जाहेरी दर्ता भएको थियो। किटानी दर्ता भएका ६ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको हो। पदमबहादुर रावत, पञ्चा सिंह, बालकृष्ण सिंह, टंकबहादुर सिंह, वीरबहादुर मल्ल र अली कार्कीविरूद्ध पक्राउ पुर्जी जारी भएको हो।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ८ : ०० बजे