१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

चारजना सुनचाँदी व्यवसायी पक्राउ



काठमाडौं । राजश्व छली गरेको आरोपमा जनकपुरधामको बलराम ज्वेर्लसका सञ्चालक बलराम साहसहित चारजना सुनचाँदी व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

बलराम ज्वेलर्सका सञ्चालक साहका साथै अरुण ज्वेलर्सका सञ्चालक अरुण साह र मिर्चैयाका व्यवसायीहरु गरी चार जनालाई प्रहरीले पक्राउ गरेको ।

चारैजनालाई राजश्व छली गरेको आरोपमा पक्राउ गरेको र उनीहरुलाई अनुसन्धानका लागि पथलैया पठाइएको प्रहरीले जनाएको छ ।

यता सुनचाँदी व्यवसायीलाई प्रहरीले पक्राउ गरेपछि व्यवसायीहरु सोनारपट्ट बजारमा पसल व्यवसाय बन्द गरेर सडकमा टायर बालेर विरोध प्रदर्शनमा उत्रिका छन् । कारखानाबाट गहना बनाएर पसल लैजाँदै गर्दा प्रहरीले व्यवसायीलाई पक्राउ गरेको र बिल रसिद खोज्दा दिन नसकेपछि पक्राउ गरेर सिधै पथलैया पु¥याएको भन्दै उनीहरु बिरोधमा उत्रेका छन् ।

सानो विषयलाई अपराधिक शैलीमा व्यवसायीलाई पक्रेर पथलैया पुराइएपछि व्यवसायीहरु आक्रोशित भएका छन् ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ८ : ४९ बजे