काठमाडौं । पूर्वप्रधानमन्त्ती तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भएमात्रै देश समृद्ध हुने बताएका छन् ।
बिहीबार ललितपुरमा नेपाल भूतपूर्व सैनिक संघको छैटौँ केन्द्रीय महाधिवेशन उद्घाटन समारोहमा सभापति देउवाले जनताका कारण कांग्रेस लोकप्रिय पार्टी बनेको बताए । कांग्रेसलाई बलियो बनाउन शुभेच्छुक संस्थाहरू बलियो हुनुपर्ने उनको भनाइ छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले लोकतन्त्रमा मात्रै सबैका अधिकार सुरक्षित हुने भएकाले यसमा ध्यान दिन आग्रह गरे ।
गोर्खा भर्ती केन्द्रबारे सभापति देउवाले सरकारसँग छलफल भइरहेकाले समस्या समाधानका लागि कूटनीतिक तवरले कुरा अघि बढाउने प्रतिबद्धता जनाए ।





