काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले न्यायालयमा महिलाको उपस्थिति केही बढेको भए पनि पर्याप्त नरहेको बताएकी छन् । सोमबार ९फागुन २६० ललितपुरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ मा उनले यस्तो बताएकी हुन् ।
निर्णायक तहमा महिलाको उपस्थिति अझै कमजोर रहेको उनले उल्लेख गरिन् । उनले महिलाले आफूलाई स्थापित पनि गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।
“।।।पुरुषको क्षमताको प्रश्न उठ्दैन, तर महिलाको सक्षमताको प्रत्येक दिन, प्रत्येक क्षण प्रश्न उठ्छ,” उनले भनिन्, “हामीले आफूलाई स्थापित पनि गर्नुपरेको छ ।”
न्यायाधीश मल्लले स्वच्छ र समानतामूलक न्याय आजको आवश्यकता भएको बताइन् ।





