२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

नेकपा एसको स्थायी कमिटी बैठक बस्दै (एजेण्डासहित)



काठमाडौं । नेकपा ९एकीकृत समाजवादी०को स्थायी कमिटीको बैठक २ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको पक्षमा जनमत सिर्जना, यही चैत १५ गते समाजवादी मोर्चाको आयोजनामा काठमाडौंमा हुने बृहत् र्‍याली तथा विशाल आमसभालाई सफल बनाउन कार्ययोजना तयारलगायत विषयमा छलफल गरिने केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।

काठमाडौं उपत्यकामा उपलब्ध स्थायी कमिटी सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ । उपत्यकाबाहिर रहेका नेतालाई फर्कन आह्वान गरिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८१, सोमबार  ११ : ३६ बजे