८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

रघु पन्तले ज्ञानेन्द्र शाहीलाई ‘मिस्टर’ भनेको अभिव्यक्ति हटाउन माग



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले सदनमा मर्यादाहीन भाषा बोलेको भन्दै रेकर्डबाट हटाउन माग गरेका छन् । सांसद सिहंले पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई नेकपा (एमाले)का सांसद रघुजी पन्तले ‘मिस्टर’ भनेको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले गलत इतिहास सुनाएर शाहीलाई अपशब्द बोलेको आरोप लगाए ।

“हिजो एउटा झुटो इतिहास सुनाएर जुम्लाका माननीय सांसद ज्ञानेन्द्रबहादुर शाहीलाई अपशब्द बोलेर मानहानि गरी तिमी र तपाईं, मिस्टर भनेर सम्बोधन भयो,” उनले भने ।

उनले शाही गठबन्धनको भन्दा बढी भोट ल्याएर जितेको सांसद भएको पनि बताए ।

“सदनमा मर्यादाहीन पेस हुने गैरजिम्मेवारी हो । त्यो रेकर्डबाट मेटिनुपर्छ । र, ती सांसदलाई सचेत हुन सभामुखबाट अनुरोध गर्छु,” उनले भने । आइतबार संसदमा राप्रपा सांसद शाही र पन्तबीच भनाभन भएको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०८१, सोमबार  १२ : ३९ बजे