८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

नुहाउने क्रममा डुबेर किशोरीको मृत्यु



काठमाडौं । सिन्धुलीमा नुहाउने क्रममा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । तीनपाटन गाउँपालिका–१, छरछरेकी १७ वर्षीया सोमकुमारी चौहानको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

बुधबार ९चैत ६० अपराह्न करिब सवा ४ बजे स्थानीय झुगा खोलामा नुहाउने क्रममा डुबेर उनी घाइते भएकी थिइन् । बेलघारीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उनको सामान्य उपचार गरिएको थियो । गम्भीर अवस्थाकी उनलाई थप उपचारका निम्ति जिल्ला अस्पताल सिन्धुली पठाइएको थियो ।

उपचारका क्रममा बुधबारै बेलुका उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बिहिबार  ११ : २२ बजे