८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरे



किमाथाङ्का । मकालु गाउँपालिका–३ सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरेका छन् ।

शुक्रबार राति मकालु–३ सिम्माका टेकबहादुर मेघीको भेडीगोठमा चट्याङ लागेर ४० वटा भेडा मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । गोठमा रहेका दुई सय ५० भेडा रहेका थिए ।

इलाका प्रहरी कार्यालय हेदाङनामार्फत घटनाको थप जानकारी लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शनिबार  ९ : ५५ बजे