८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

इजरायली सेनाद्वारा दक्षिणी लेबनानमा आक्रमण



लेबनान । लेबनानको सरकारी स्वामित्वमा रहेको राष्ट्रिय समाचार एजेन्सीले इजरायलले शनिबार दक्षिणी लेबनानमा हवाई आक्रमण गरेको बताएको छ ।

उत्तरी इजरायलमा रकेट प्रहार गरेपछि सीमापार तनाव बढेको हो । टाउलिन, कफर मेल्की, म्लेता र वादी अल–हुजेर उपत्यका गाउँहरू नजिकैका क्षेत्रहरूमा आक्रमण गरिएको छ ।

टाउलिनमा रहेको एउटा आवासीय भवन ध्वस्त भएको छ । जसमा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । यसअघि इजरायली सेनाले लेबनानबाट उत्तरी इजरायली शहर मेतुलातर्फ प्रहार गरिएको रकेटलाई रोकेको बताएको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

प्रकाशित मिति : ९ चैत्र २०८१, आइतबार  ११ : ०३ बजे