काठमाडौं ।बिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा उनीहरूले विरोध गर्दै प्रधानमन्त्रीको धारणा माग गरेका छन् ।
विपक्षी दलहरू नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ नआएसम्म सदन चल्न नदिने अडान लिएका थिए ।
सभामुख देवराज घिमिरेले सांसदहरूलाई बस्न आग्रह गरेपनि सांसदहरू उभिरहेपछि सभामुख घिमिरेले बैठक आधा घण्टापछि बस्नेगरी स्थगित गरेका हुन् ।





