काठमाडौं । आज विश्व क्यान्सर दिवस । नेपालमा पनि क्यान्सरसम्बन्धी जनचेतनामूलक विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
नसर्ने रोगको जोखिम बढिरहँदा क्यान्सरको पनि जोखिम बढ्दै गएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । अस्पतालमा आउने बिरामीमध्ये महिलाहरूमा पाठेघरको मुखको क्यान्सर र पुरुषहरूमा फोक्सोको क्यान्सर बढी देखिने गरेको छ ।
ग्लोबल क्यान्सर अब्जरबेटरीका अनुसार नेपालमा क्यान्सरका नयाँ बिरामी पत्ता लाग्नेमध्ये सबैभन्दा बढी १६ दशमलव ४ प्रतिशतमा पाठेघरको मुखको क्यान्सर देखिने गरेको छ भने १३ दशमलव ९ प्रतिशतमा स्तन क्यान्सर हुने गरेको छ ।
यसैगरी १० दशमलव ४ प्रतिशतमा फोक्सोको क्यान्सर देखिने गरेको छ ।
विश्व क्यान्सर दिवसको सन्दर्भमा विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० को क्यान्सर हेर्ने अन्तर्राष्ट्रिय निकाय इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर ९ईएआरसी(डब्ल्यूएचओ०’ ले फेब्रुअरी १ मा सार्वजनिक गरेको सन् २०२२ को रिपोर्टअनुसार विश्वभर २० मिलियन ९२ करोड० नयाँ क्यान्सरका बिरामी पत्ता लागेका छन् भने ९।७ मिलियन मानिसहरुको मृत्यु क्यान्सरबाट भएको पाइएको छ ।नेपालमा हाल रहेका करिब २२ हजार क्यान्सर रोगीहरुको संख्या सन् २०५० सम्ममा ९१ प्रतिशतले बढ्ने अनुमान समेत गरिएको छ । ‘सन् २०५० सम्ममा नेपालमा क्यान्सर रोगीहरु ९१ प्रतिशतले वृद्धि हुँदै करिब ४२ हजार हुने अनुमान छ । ‘रिपोर्ट अनुसार क्यान्सर निदान भएकामध्ये ९९ प्रतिशतमा क्यान्सरको मृत्युदर बढ्ने अनुमान गरिएको छ । मृत्युदर पुरुषमा १०८ प्रतिशत र महिला ९० प्रतिशत हुनेछ ।’