११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

वीरगंज अपडेटः कर्फ्यु उल्लंघन गर्ने ३६ जना पक्राउ, अवस्था सामान्य बन्दै



पर्सा । पर्साको वीरगंजमा हनुमान जयन्तीको विषयलाई लिएर भएको झडपपछि कर्फ्यु उल्लङ्घन गर्ने ३६ जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ ।

हुल हुज्जत गरी कर्फ्यु उल्लङ्घन गर्न खोज्ने र अपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालले बताउनुभएको छ ।

लम्सालका अनुसार झडपका क्रममा पाँचवटा मोटरसाइकलमा क्षति पुग्नका साथै दुई बिरयानी हाउसमा तोडफोड भएको छ । आज दिउँसो १२ बजेसम्म कर्फ्यु आदेश रहेको छ ।

कर्फ्यु आदेशपछि नेपाली सेनाले समेत सुरक्षा दिइरहेको छ । हिन्दू र मुस्लिम दुवै पक्षलाई बोलाएर वार्ताको गर्ने क्रम जारी रहेको छ । पछिल्लो अवस्था सामान्य अवस्थातर्फ फर्किएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  १० : ५९ बजे