१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

 सत्तारुढ काँग्रेस र एमालेको कार्यदलको बैठक बस्दै



काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त कार्यदलको बैठक आज दिउसो बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उपस्थितिमा दिउसो तीन बजे बस्ने बैठकमा शिक्षक आन्दोलन, वैशाख १२ गते बोलाइएको संसद्को बजेट अधिवेशन, संसदबाट पारित गरिने शिक्षा विधेयक लगायत समसामयिक विषयमा छलफल हुनेछ ।

नेपाली काँग्रेसका केही नेताले सरकारप्रति सार्वजनिक रूपमै व्यक्त गरिरहेका असन्तुष्टिका बारेमा समेत कार्यदलमा छलफल गरिने बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबिच हिजो भएको छलफलपछि आज कार्यदलको बैठक बोलाइएको हो ।

कार्यदलमा एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल तथा नेपाली काँग्रेसबाट उपाध्यक्ष पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, महामन्त्री गगन थापा र परराष्ट्रमन्त्री आरजु राणा रहेका छन्।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  १ : ३३ बजे