१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

सरकार ढाल्ने रुचि छैन, स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड



लुम्बिनी । पूर्वप्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी रहेको बताएका छन् । आज भैरहवामा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा ९एमाले० र नेपाली कांग्रेसले सरकार गठनका बेला संविधान संशोधनको विषय ल्याए पनि अहिले चासो नदिएको बताए ।

“स्थिरताका लागि संविधान संशोधन जरुरी छ । दश वर्षमा समीक्षा गरेर संशोधन गरिनुपर्छ,” उनले भने, “संविधान संशोधन जनताका अधिकार कुण्ठित बनाउन होइन, अधिकार थप गर्नलाई हो, हामी त्यसमा प्रतिबद्ध छौँ ।”

उनले सरकार ढाल्ने विषयमा माओवादीको कुनै रुचि नरहेको दाबी गरे । उनले जनताका अधिकार स्थापित गर्न र दुःख बुझ्न जागरण अभियान सञ्चालन गरेको बताए । उनले गत फागुन ११ गतेदेखि झापाबाट सुरु भएको तराई–मधेस जागरण अभियानअन्तर्गत हुलाकी मार्गको यात्राका क्रममा किसानका समस्या, सहिद–बेपत्ता परिवारका समस्या बुझ्ने मौका पाएको बताए ।

अध्यक्ष प्रचण्डले राजावादीको आन्दोलनलाई ुअराजकतावादीको भिडुको संज्ञा दिए । गणतन्त्रले लाएका उपलब्धिविरुद्ध हुने आन्दोलनलाई परास्त गर्न जनताको घरदैलोमा पुग्नुपर्ने उनको भनाइ छ ।

पार्टीले सञ्चालन गरेको जागरण अभियानअन्तर्गत उनी बुधबार बेलुका रूपन्देही पुगेका थिए । रासस

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  २ : ४० बजे