१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मतदाता नामावली अद्यावधिक हुँदै



काठमाडौंं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । मतदाताहरूको प्रारम्भिक नामावली आयोगको वेबसाइटमा प्रकाशन भएको छ । उक्त नामावलीमा त्रुटि भए सच्याउनका लागि निवेदन दिन आयोगले आह्वान गरेको हो ।

“मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनको लागि प्रकाशित प्रारम्भिक नामावलीमा त्रुटि भएको भए सच्याउन, कुनै व्यक्तिको विरोधमा उजुरी दिनुपर्ने भए उजुरी दिन, कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा मात्र नाम कायम राख्न तथा मृत्यु भएका एवम् नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन वि।सं। २०८२ वैशाख ७ गतेदेखि १४ गतेसम्म सम्बन्धित निर्वाचन कार्यालय वा अनलाइनमार्फत् निवेदन दिन सकिने व्यवस्था मिलाइएको छ,” आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मतदाता नामावली अद्यावधिक कार्यविधिअनुसार ०८१ चैत मसान्तसम्ममा १८ वर्ष उमेर पूरा नागरिकको विवरण वैशाख १ गतेबाट अद्यावधिकको प्रक्रिया सुरु भएको ओयागले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ११ : १६ बजे