८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

चट्याङ लागेर एक जनाको मृत्यु



पञ्चकोशी । दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको नौमूले गाउँपालिका –८ चौराठाका ३१ वर्षीय दशरथ शाहीको चट्याङ लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

शनिबार दिउँसो करिब ३ः५० बजे तिर घरमै परेको चट्टयाङले घाइते भएका दशरथलाई उपचारका लागि दैलेख अस्पताल ल्याउँदै गर्दा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए ।

त्यस्तै, सोही ठाउँमा चट्याङमा परेर मृतक दशरथका ३ जना सन्तान श्रीमती २७ वर्षीया विपना शाही, ११ वर्षकी छोरी र ३ बर्षका छोरा घाइते भएका छन् । उहाँहरुलाई दैलेख अस्पतालमा उपचारपछि घर फर्किसकेको सूचना अधिकारी प्रहरी निरीक्षक सुनारले जानकारी दिए ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ९ : ३० बजे