विराटनगर । कोसी सरकारले प्रदेशसभाको बजेट अधिवेशन आगामी जेठ ४ गते बोलाउन सिफारिस गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ४ गते (आइतबार) दिउँसो २ बजे बस्ने गरी आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीका अनुसार, बैठकले स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावलीमाथि प्रदेश लोकसेवा आयोगको परामर्श माग गर्ने निर्णय पनि गरेको छ ।





