काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवको विशेष निर्देशनपछि मेलम्ची खानेपानी आयोजनाको वितरण सञ्जाल निर्माण कार्य तीव्र गतिमा अगाडि बढाइएको छ ।
मन्त्री यादवको विशेष निर्देशन पश्चात् खानेपानी अभाव झेलिरहेका काठमाडौँ उपत्यकावासी अब शुद्ध र सफा मेलम्चीको पानी पिउन पाउने भएका छन् । सो कार्यका लागि अहिले काठमाडौँ उपत्यका भरीका नागरिकहरूलाई मेलम्चीको शुद्ध अनि सफा खानेपानी वितरणका लागि सञ्जाल निर्माणको कार्य फाष्ट ट्रयाक अन्तरगत अगाडि बढेको छ ।
काठमाडौँ उपत्यकामा रहेका नागरिकका घरघरमा मेलम्चीको पानी पुर्याउने मन्त्री यादवको उद्देश्य र लक्ष अनुसार आयोजना कार्यान्वयन निर्देशनालय ९पिआईडी० ले ‘काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना ९दोस्रो चरण०’ अन्तर्गत वितरण सञ्जाल सुधार तथा प्रणाली स्थायित्व सेवाका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ ।
काठमाडौँ उपत्यकावासी सहित चक्रपथ बाहिरका क्षेत्रहरूका नागरिकलाई भरपर्दो र व्यवस्थित खानेपानी सेवा उपलब्ध गराउने उद्देश्यसहित चक्रपथ बाहिरका क्षेत्रहरूमा समेत मेलम्चीको खानेपानी वितरणका लागि सञ्जाल निर्माणको फाष्ट ट्रयाक अन्तरगत प्रक्रिया सुरु भएको मन्त्री यादवले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मेलम्चीको पानी चक्रपथ बाहिरका क्षेत्रमा रहेका नागरिकलाई वितरण गर्ने मेरो उद्देश्य अनुसार प्रक्रिया सुरु भएको छ । लामो समयदेखि पानी वितरणका लागि थालेको मेरो प्रयासले बल्ल सार्थकता पाउँदैछ ।”
काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना ९दोस्रो चरण० अन्तर्गत नेपाल सरकारको बजेट र एसियाली विकास बैङ्कको ऋण सहयोगमा सुरु गर्न लागिएको उपत्यका खानेपानी सुधार आयोजना ९दोस्रो चरण० अन्तर्गत काठमाडौँ, बूढानीलकण्ठ, गोकर्णेश्वर, कीर्तिपुर, भक्तपुर, सूर्यविनायक र मध्यपुर ठिमी नगरपालिकाहरूमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गर्न लागिएको आयोजना कार्यान्वयन निर्देशनालय ९पिआईडी० टिकाबहादुर चौधरीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “मन्त्री ज्युको लामो मिहिनेत पश्चात् अहिले हामी चक्रपथ बाहिरका क्षेत्रहरूमा समेत अब मेलम्चीको खानेपानी वितरण सञ्जाल निर्माणको तयारीमा जुटेका छौँ । त्यसका लागि आवश्यक प्रक्रिया सुरु भइसहेको छ ।”
आयोजनाको दोस्रो चरणमा भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाका विभिन्न क्षेत्रमा गरी १५१ दशमलब ३० किलोमिटर, कीर्तिपुर, काठमाडौँ र चन्द्रागिरि नगरपालिकाका विभिन्न क्षेत्रमा गरी ७५ दशमलब ९८ किलोमिटर, मध्यपुर थिमी नगरपालिका क्षेत्रमा ३०८ दशमलब १५ किलोमिटर, कपन र जोरपाटी उत्तर क्षेत्रमा गरी २०० दशमलब २३ किमी र जोरपाटी दक्षिण र पेप्सीकोला क्षेत्रमा १३९ दशमलब ७४ किमी गरी कूल ८७५ दशमलब ४ किमी खानेपानी वितरण सञ्जाल निर्माण गर्ने लक्ष्य रहेको आयोजना उपनिर्देशक एवं प्रवक्ता ई विकेश बधानथाछेले बताउनुभयो ।
उहाँका अनुसार जसअन्तर्गत वितरण सञ्जालका ८२८ दशमलब ९२ किमी पिइपाइप र ४६ दशमलब ४८ किमी डिआई पाइप बिच्छ्याइनेछ ।
यी क्षेत्रमा खानेपानी वितरण सञ्जाल निर्माण कार्यलाई छिटोछरितो रूपमा अगाडि बढाउनका लागि भक्तपुर, कीर्तिपुर, ठिमी, कपन, जोरपाटी उत्तर तथा जोरपाटी दक्षिण र पेप्सिकोला क्षेत्र गरी विभिन्न पाँच प्याकेजमा वर्गीकरण गरी खानेपानी वितरण सञ्जाल निर्माण गरिने प्रमुख चौधरीले बताउनुभयो ।
उहाँका अनुसार आयोजनाको दोस्रो चरणमा निर्माण गरिने खानेपानी वितरण सञ्जालबाट ती क्षेत्रका करिब ६३ हजार घरधुरी लाभान्वित हुनेछन् । आयोजनाको दोस्रो चरणको निर्माण कार्य निर्माण सुरु भएको मितिले तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
मन्त्री यादवको प्रयास एवं निर्णय अनुसार काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजन ९दोस्रो चरण० को निर्माण कार्य अगाडि बढाउनका लागि पिआईडीले आवश्यक पूर्वतयारीका कार्य सम्पन्न गरी पाँचवटै प्याकेजको निर्माणका लागि बोलपत्र आह्वान गरिसकेको खानेपानी मन्त्रालयका सचिव ई प्रमिलदेबी शाक्य बज्राचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार आयोजनाको दोस्रो चरणको निर्माण कार्य सम्पन्न भएपछिको एक वर्षसम्म खानेपानी वितरण सञ्जालको प्रणाली स्थिरीकरण र सञ्चालन सहितको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निर्माण व्यवसायीको हुने प्रावधान राखिएको छ ।
यसअघि, काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना ९पहिलो चरण० अन्तर्गत काठमाडौँ उपत्यकामा करिब ३० किलोमिटर प्राइमरी पाइपलाइन र ३३ वटा खानेपानी वितरण सञ्जालका करिब ९८० किलोमिटर नयाँ पाइपलाइन समेत गरी कूल एक हजार १० किलोमिटर नयाँ पाइपलाइनको सञ्जाल निर्माण भइसकेको छ ।
यसैगरी, आयोजनाको पहिलो चरणमै काठमाडौँ उपत्यकाका विभिन्न बनौँ स्थानमा १० वटा पानीपोखरी निर्माण र सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रबाट उपत्यकाका विभिन्न स्थानमा रहेका पानीपोखरीहरूमा थोकरूपमा पानी आपूर्ति गर्न थोक वितरण प्रणालीका ७७ किमी पाइपलाइन विच्छाउने कार्य समेत सम्पन्न भएको छ ।
काठमाडौँ उपत्यकावासीलाई भरपर्दो र व्यवस्थित खानेपानी सेवा उपलब्ध गराउने उद्देश्यसहित काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय ९पिआईडी० ले पाँच ठूला प्याकेजमा खानेपानी वितरण सञ्जाल सुधार गर्ने जनाइएको छ ।





