काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन २०० रुपैयाँ घटेर कारोबार भएको हो ।
आज सुन एक लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी १० रुपैयाँ घटेर एक हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ ।





