७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

सुनको मूल्य प्रतितोला १६ सय घट्यो



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँ घटेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला एक लाख ९० हजार ९०० रुपैयाँमा करोबार भएको थियो ।

आज चाँदी प्रतितोला १० रुपैयाँ बढेर कारोबार भएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  ११ : ०२ बजे