१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

सहकारी ठगीको धन्दा चलाउनेलाई कारबाही हुनैपर्छ : गगन



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नक्कली नागरिकता र सहकारी ठगी तथा सरकारी जग्गा हडप्ने जो कोही भए पनि कारबाहीको दायरामा आउनुपर्ने बताएका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले गलत गरेको ब्यक्ति जो कोही भए पनि कारबाहीको दायरामा आउनुपर्ने

विशेष समयमा आफ्ना धारणा राख्दै भने, “नेपालको सार्वजनिक जग्गा हड्पछ भने सजाय दण्ड पाउनुपर्दैन रु जतिसुकै शक्तिशाली होस् जुनसुकै पदमा बसेको होस् तागतवाला होस्, कलम होस् । नागरिकता बनाउन किर्ते गर्छ भने फलानो दलसँग जोडिएको छ त्यसकारणले किर्ते माफी हुन्छ, चल्छ रु जुनसुकै तागत भएको होस् आम नागरिकहरुले निक्षेप संकलन गरेर जम्मा गरेको सहकारीमा ठगीको धन्दा चलाउँछ ठगीको मतियार हुन्छ भने कानुनी कारवाहीको दायरमा आउनु पर्दैन रु कानुनले कारबाही गर्नुपर्दैन रु”

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  १२ : ३४ बजे