२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

अहिलेको सभापतिले भन्दा राम्रो प्रधानमन्त्री चलाउन सक्ने मान्छे कांग्रेसभित्र छन्: गगन थापा



नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसभित्र अहिलेको सभापतिभन्दा राम्रोसँग प्रधानमन्त्री चलाउन सक्ने दर्जनौं नेताहरू रहेको दाबी गरेका छन्।

शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सभापति देउवाभन्दा राम्ररी प्रधानमन्त्री चलाउन सक्ने व्यक्तिहरू कांग्रेसभित्र रहेको बताएका हुन्।

ुअहिलेको सभापति अबको १२र१५ महिनापछि प्रधानमन्त्री हुने भन्ने छ। तर म के विश्वास गर्दछु भने उहाँभन्दा मेरो पार्टीभित्र अरु दर्जनौँ मान्छेले राम्रो प्रधानमन्त्री चलाउँछ,’ महामन्त्री थापाले भने।

कार्यक्रममा महामन्त्री थापाले ठूला दलका शीर्ष नेताहरुले विश्राम लिएको अवस्थामा अहिलेको आन्दोलन त्यत्तिकै सेलाउने पनि दाबी गरेका थिए।

उनले एउटै मान्छे लामो समयसम्म एउटै भूमिकामा रहनु र नेतृत्वमा रहिरहनु गणतन्त्रको सबैभन्दा ठूलो समस्या रहेको बताए।

ुआजको दिनबाट हामीले आफ्नो आफ्नो तहबाट विश्राम लिन्छौँ भन्नुभएको दिनको बेलुकाबाट यो आन्दोलन झर्छ। भोलिपल्टदेखि सबै घर फर्किन्छन्। केही पनि बाँकी रहँदैन,ु महामन्त्री थापाले भने।

यद्यपि शीर्ष नेताहरुले राजनीतिबाट विश्राम लिँदैमा सबै सुध्रिन्छ भन्नू गलत हुने उनले बताए।

महामन्त्री थापाले कहिल्यै पनि नेपालको राजसंस्थालाई संवैधानिक बनाउन नसकिने पनि दाबी गरे। उनले नेपालमा राजतन्त्र ल्याउँछु भनेर लडिसकेपछि बार्गेनिङ भन्दा सिधा कुरा गर्न मैदानमा आउन चुनौती दिए।

राजतन्त्रको लिडर ज्ञानेन्द्र शाह म नेपालमा राजतन्त्र ल्याउँछु भनेर लडिसकेपछि यो सट्टापट्टको बार्गेनिङको कुरा नगरौँ अब। सिधा आउनुपर्छ, मैदानमा आउनुपर्छ, उनले भने।

उनलाई राजनीतिक दल र जनताले प्रश्न गर्ने र त्यसको जबाफ खोज्ने महामन्त्री थापाले बताए।

राजतन्त्र आएर गर्ने चाहिँ के होरु योजना के हुन् रु रोजगारीको समस्या अहिलेको सबैभन्दा ठूलो समस्या हो, त्यसको समाधान के होरु, उनले भने, यस्ता कुराहरूको जबाफ दिनुपर्छ। आजको प्रश्नको उत्तर दिन सक्दैन भने मान्छे हिजो फर्किन्छ।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शनिबार  ८ : ०६ बजे