काठमाडौं ।स्थानीय बजारमा सुनको मूल्यमा बृद्धि भएको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ७०० रुपैयाँ कायम छ । बुधबार ९जेठ २१० छापावाल सुन प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।





