काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०ले संसद्को गतिरोध अन्त्य गर्न सिर्जनात्मक र रचनात्मक ढङ्गले अघि बढ्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा आज बसेको पदाधिकारी बैठकले ‘भिजिट भिसा’का नाममा नागरिकमाथि ठगी भइरहेको विषयमा भने छानबिन अपरिहार्य रहेको निष्कर्ष निकालेको हो ।
“व्यक्ति विशेषमा पार्टीको ध्यान छैन, मुख्य विषय छानबिन समिति गठन गरी प्रभावकारी छानबिन गर्नु हो, यसबारेमा निरन्तर छलफल भइरहेको छ । यसलाई सकारात्मक निष्कर्षमा पु¥याउनुपर्छ भन्ने दृष्टिकोणबाट छलफल अघि बढेको छ”, बैठकपछि उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, “यो गम्भीर विषय भएकाले छानबिनका लागि वातावरण बनाउनुपर्छ । सदन सञ्चालनका बारेमा सकारात्मक छलफल गरी अघि बढ्नुपर्छ भन्ने निष्कर्ष निकालेका छौँ ।”
बैठकमा पार्टीको सहायक सङ्गठन योङ कम्युनिष्ट लिग ९वाइसिएल०को तेस्रो राष्ट्रिय सम्मेलनका बारेमा अध्यक्षले जानकारी दिनुभएको उल्लेख गर्दै प्रवक्ता सापकोटाले वाइसिएलमा सहमतिबाट नेतृत्व चयन गरिने बर्ताए ।





