७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

सुनको मूल्य स्थिर



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य स्थिर छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ७०० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार ९जेठ २२० पनि छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमै किनबेच भएको थियो ।

चाँदीको मूल्य भने तोलामा ७५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार  ११ : १६ बजे