७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

रौतहटको मङ्गलपुरमा दुर्घटना : एकको मृत्यु, राजमार्ग बन्द



रौतहट । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको चन्द्रपुर नगरपालिका–१ मङ्गलपुरमा दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख लोकेन्द्र अधिकारीले बिहीबार बिहानै भएको उक्त दुर्घटनामा मङ्गलपुरका ३५ वर्षीय बुद्ध लिम्बूको मृत्यु भएको जानकारी दिए ।

लिम्बूलाई पहिचान नखुलेको गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन् । मृतक लिम्बूको शव घटनास्थलमै रहेको स्थानीय रविन लामाले जानकारी दिए ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  १२ : ३७ बजे