७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

नेप्से सामान्य अंकले बढ्यो, साढे ११ अर्बको सेयर कारोबार



काठमाडौं । नेप्से परिसूचक आइतबार ९असार १० झिनो अंकले बढेर बन्द भएको छ । परिसूचक ०.४७ अंकले बढेर २६५५.८५ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले जनाएको छ ।

यस दिन कारोबार रकम घटेको छ । ११ अर्ब ४४ करोड ३२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । गएको बिहीबार १२ अर्ब ५१ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

९० कम्पनीको सेयर मूल्य बढेको छ । १५७ कम्पनीको सेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ४ : ०५ बजे