७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

चार दिनपछि सञ्चालनमा आउँदै ग्वार्को फ्लाइओभर, ओलीले उद्घाटन गर्ने



काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभर चार दिनपछि सञ्चालनमा आउने भएको छ । फ्लाइओभरको मुख्य संरचनाको काम सकिएसँगै अब सवारीसाधन सञ्चालनको तयारी गरिएको सडक विभाग, गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले जानकारी दिए ।

यही असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइओभरको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । गत शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारीसाधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो ।

मुख्य संरचनाको निर्माणपछि लेन सेपरेटर राख्ने, लाइनिङ गर्ने लगायतका काम पूरा भएपछि सवारीसाधन सञ्चालन हुने अवस्थामा पुगेको हो । रासस

प्रकाशित मिति : २ असार २०८२, सोमबार  १ : २४ बजे