७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

बेँसीसहर–चामे सडक अवरुद्ध



लमजुङ। पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ बुङ झरना नजिक आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक रमेश बोहोराका अनुसार गए रातिको अविरल वर्षाका कारण पहिरो खसेको हो । पहिरो पन्छाउने प्रयास जारी छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  १० : ३१ बजे