७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

सुनचाँदीको मूल्यमा सामान्य गिरावट



काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला ४०० रुपैयाँ घटेर कारोबार भइरहेको छ ।

आज सुन प्रतितोला एकलाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन एक लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य २५ रुपैयाँ घटेर दुई हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ११ : ३३ बजे