७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु



डडेलधुरा । डडेलधुराको परशुराम नगरपालिका–७, सादनीमा सर्पले डसेर १३ वर्षीय किशोर प्रकाश भट्टराईको मृत्यु भएको छ । बिहीबार ९असार ५० बिहान शौचालय गएका बेला उनलाई सर्पले डसेको इलाका प्रहरी कार्यालय जोगबुडका प्रमुख सुरेश रोकायाले जानकारी दिए ।

तत्काल अस्पताल पुर्‍याइएका उनको उपचारका क्रममा मृत्यु भएको हो । उनी स्थानीय शिवशंकर माध्यमिक विद्यालयमा कक्षा–९ मा अध्ययनरत थिए । रासस

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  १ : २५ बजे