७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

सुनको मूल्य तोलामा ८ सय घट्यो



काठमाडौं । स्थानीय बजारमा सुन प्रतितोला ८०० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको मूल्य नै घटेर कारोबार भएको हो ।

सुन प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य ५० रुपैयाँ घटेर दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ११ : २७ बजे