७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

सुनको मूल्य तोलामा १७ सयले घट्यो



काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य एक हजार सात सयले घटेर एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

सोमबार एक लाख ९५ हजार दुई सय रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी १० रुपैयाँले घटेर दुई हजार एक सय ६० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ११ : २८ बजे