१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

एमाले सचिवालय बैठक बस्दै



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा दिउँसो १ बजे बस्न तय भएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा। भिष्म अधिकारीले बैठकमा विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको सांगठनिक गतिविधि, समसामयिक राजनीतिक विषयलगायतमा छलफल हुने बताए ।

एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुँदै छ । रासस

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  १० : ०९ बजे