२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

भारतमा बन्धक बनाइएका ५७ नेपालीको उद्धार, गड्डाचौकी हुँदै स्वदेश फिर्ता



कञ्चनपुर । भारतको उत्तराखण्डस्थित रुद्रपुर र काशीपुर क्षेत्रबाट बन्धक बनाइएका ५७ जना नेपाली नागरिकको उद्धार गरिएको छ। उनीहरूलाई ‘किन इन्डिया’ संस्थाको पहलमा गड्डाचौकी नाका हुँदै स्वदेश फिर्ता गरिएको हो।

उद्धारपश्चात गड्डाचौकी नाकामा ओर्लिएका पीडितहरूले आफूहरूलाई बन्धक बनाउने गिरोहविरुद्ध नाराबाजी गर्दै उद्धारकर्ताप्रति आभार व्यक्त गरेका थिए। उनीहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर भारत लगिएको र त्यहाँ पुगेपछि कोठामा थुनेर खानपान तथा आवतजावतमा कडाइ गरिएको उनीहरूको भनाइ छ।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  १० : ५९ बजे