७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

सुनको मूल्यमा बृद्धि



काठमाडौं । दुई दिन लगातार घटेको सुनको मूल्य बिहिबार फेरी बढेको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ३०० रुपैयाँ कायम छ । बुधबार ९असार ११० छापावाल सुन प्रतितोला एक लाख ९२ हजारमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार १७५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ११ : ०१ बजे