काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौंको जिल्ला सम्मेलनमा आफूले बोल्नुअघि नेताहरू हिँडेपछि आक्रोस पोखेका छन् । आज काठमाडौँ जिल्लाको सम्मेलनमा उद्घाटनमा बोल्दै उनले सम्मेलनमा भाषण लामो समय नगर्न आग्रह गरेका छन् ।
सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘साथीहरु कोही छैन के बोल्नु ।’ उनले नेताहरूले लामो समय भाषण गर्ने गरेकोमा असन्तुष्टि जनाए । सम्मेलनमा अधिकांश वक्ताले जिल्ला सभापति कृष्ण बानियाँ ९सबुज० लाई टिकट नदिइएको भन्दै सभापति देउवालाई लक्षित गर्दै आलोचना गरेका थिए ।
उनले भने, ‘मान्छे बोल्दाबोल्दा हल नै खाली भइसक्या हुन्छ, माइक लिने एक जना बसेको हुन्छ, कुरो के भने( हाम्रा साथीहरूको पनि सबैलाई लामो समय बोल्नुपर्नेछ । पूरा कुरा सुनाउनै पर्यो के गर्ने । कहिलेकाहीँ भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ, केही छैन त्यो ।’
काठमाडौं सभापति बानियाँलाई टिकट नदिएको विषयमा चित्त दुखाएकोबारे देउवाले भने, ‘यहाँ एउटा कुरा सबैलाई चित्त दुखेछ, बानियाँलाई टिकट दिएन भनेर क्या १ कुरा सुन्नुस् है, अब टिकट पायो भने जिताउनुहोला । उहाँ ९बानियाँ० ले टिकट पाउँदा हराउनुभयो भने नि १ कि जिताउन सकिँदैन भनेर तपाईंहरूले राष्ट्रिय सभा भन्नु भएको जस्तो छ है, विचार गर्नुस्,’ देउवाले कार्यकर्ताहरूलाई प्रश्न गरे, ‘उहाँलाई जिताएर छाड्नुस् तपाईंहरूलाई म धन्यवाद दिनेछु ।’
उनले काठमाडौंको जिल्ला सम्मेलनले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा पनि धेरै ठूलो महत्त्व राख्ने भएकाले त्यतातिर पनि ध्यान राख्न निर्देशन दिए ।