५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

नेपाल–भारत सीमानाका बन्द गरिने



बैतडी । भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुलास्थित नेपाल–भारत सीमानाका बन्द गरिने भएको छ ।

यही जुलाई २४ र २८ ९साउन ८ र १२ गते० उत्तराखण्डमा पञ्चायत निर्वाचन हुँदै छ । उक्त निर्वाचनलाई मध्यनजर गरेर भारतसँग सीमा जोडिएका नाकाहरू बन्द गर्ने निर्णय गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

उनका अनुसार, दार्चुलाको पुलघाट नाका जुलाई २१ ९साउन ५० बेलुकादेखि २४ ९साउन ८० बिहानसम्म बन्द गरिनेछ ।

यस्तै, बैतडीको झुलाघाट नाका साउन ९ देखि १२ गतेसम्म बन्द गरिने उनले जानकारी दिए ।

उक्त अवधिमा आकस्मिक रूपमा नाका खोल्नुपरेमा दुवै देशको आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ । रासस

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  १२ : ३९ बजे