१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

एमाले केन्द्रीय कमिटीको बैठक जारी



काठमाडमौँ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० एमाले केन्द्रीय कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ ।

बैठकमा आगामी विधान महाधिवेशनमा प्रस्तुत हुने विधानको मस्यौदा प्रस्तुत गरिने एमालेले जनाएको छ ।

बैठकको सुरुवातमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक, सरकारको एक वर्ष र पार्टीको सचिवालय र पोलिटब्युरो बैठकका निर्णयका सम्बन्धमा विचार राखिरहनुभएको छ ।

केन्द्रीय कमिटीको बैठकमा एमाले महासचिवले साङ्गठनिक अवस्थाका बारेमा जानकारी गराएपछि बैठक विधान छलफलमा प्रवेश गर्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

प्रचार विभाग प्रमुख गौतमका अनुसार विधान मस्यौदा समितिका संयोजक एवम् पार्टी उपाध्यक्ष विष्णु पौडेलले सचिवालय र पोलिटब्युरोले पास गरेको विधान केन्द्रीय कमिटीमा प्रस्तुत गरेपछि विधान मस्यौदाका सम्बन्धमा केन्द्रीय कमिटी सदस्यलाई धारणा राख्न बढीमा तीन मिनेटको समय छुट्टाइएको छ ।

यस अघि एमाले सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले आफ्ना कमिटीका बैठकमा विधान मस्यौदामा धारणा राखिसकेका छन् ।

केन्द्रीय कमिटीको बैठक आज र भोलीसम्म सञ्चालन हुने एमालेले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  २ : ०८ बजे