१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

भण्डारीको प्रवक्ता बने कारबाही हुन्छ : ओली



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रवक्ता बनेर प्रचारबाजी नगर्न आग्रह गरेका छन् । सोमबारबाट च्यासलमा सुरु केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले भण्डारीको प्रवक्ता बनेर मिडियामा अनावश्यक बयानबाजी गर्न जरुरी नरहेको बताएको स्रोतले बताएको छ ।

उमेरको हद तोक्ने हो भने जेल बसेको उमेर घटाउनुपर्छ भनेर अध्यक्ष भने प्रचार गर्नु, भण्डारीले बालुवाटार जान मानेनन् भनेर गलत प्रचार गर्नु पनि बेठिक हो । उनको प्रवक्ता बनेर कतिपय नेताले मिडियामा अनावश्यक बयानबाजी गर्नु जरुरी छैन,ओलीले भनेका छन् ।

उनले अगाडि भने, हिजोको बैठकलाई ‘कट अफ’ बैठकको रूपमा लिनुपर्छ । अब यस्ता अनुशासनहीन गतिविधि दोहोरिए कारबाही अवश्य हुनेछ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ५ : २३ बजे