५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

सप्तरीमा सर्पदंशबाट महिलाको मृत्यु



सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६, मोहनपुरमा बिहीबार (साउन ८) सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ ।

स्थानीय इन्द्रबहादुर राईकी ५० वर्षीया श्रीमती संगीता राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

तराईमा अत्यधिक गर्मीका कारण विषालु सर्पको बिगबिगी बढेको जनाइएको छ । रासस

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  १० : ०० बजे