१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

सेयर बजारमा गिरावट,१९ अर्ब ३६ करोडको कारोबार



काठमाडौं । साताको दोस्रो दिन पनि सेयर बजारमा गिरावट आएको छ । आज सेयर बजारमा २ अंकको सामान्य गिरावट दखिएको हो । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक आज २,९६२.१३ अंकमा झरेको छ ।

आइतबार सेयर बजार १८.४४ अंक घटेर २,९६४.२० विन्दुमा बन्द भएको थियो । आइतबार सेयर बजार घटे पनि कारोबार रकममा उछाल आएको थियो ।

सोमबार बजार र सेयर कारोबार रकम दुवै घटेको छ । आज १९ अर्ब ३६ करोड रुपैयाँ बराबरको चार करोड ४१ लाख २४ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

आइतबार बजार घट्दा पनि २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँको सेयर किनबेच भएको थियो । यस्तै, गत बिहीबार १८ अर्ब ४९ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

सोमबार ९४ कम्पनीको मूल्य बढ्दा १५६ कम्पनीको घटेको नेप्सेले जनाएको छ । शिवम् सिमेन्ट लिमिटेडको सेयर सबैभन्दा बढी कारोबार भएको छ । शिवम्‌को ६८९।९० मा ९२ करोड ५७ लाख रुपैयाँ सेयर कारोबार भएको छ । यस्तै, हिमालयन डिस्ट्रिलरी लिमिटेडको ७६ करोड ९९ लाख र नाग्दी ग्रुप लिमिटेडको ४४६।९० मा ५७ करोड ९७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।

नयाँ आर्थिक बर्ष लागेसगै लगातार बढेको नेप्से आइबारदेखि घट्न थालेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ४ : ३८ बजे