५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

सन्धिखर्क–गोरुसिंगे र जयपृथ्वी राजमार्ग अवरुद्ध



काठमाडौं । सन्धिखर्क–गोरुसिंगे सडकखण्ड अवरुद्ध भएको छ । अर्घाखाँची शितगंगा नगरपालिका–२ सीतापुरस्थित सन्धिखर्क–गोरुसिंगे सडकखण्ड अवरुद्ध भएको हो ।

आज बिहान ५ : ४५ बजे अर्घाखाँची शितगंगा नगरपालिका–२ सीतापुरस्थितसन्धिखर्क–गोरुसिंगे सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

बैतडी पाटन नगरपालिका–८ झ्याउलेकस्थित जयपृथ्वी राजमार्ग पनि अवरुद्ध भएको छ ।

गएराति २ स् ५० बजे पाटन नगरपालिका–८ झ्याउलेकस्थित जयपृथ्वी राजमार्गमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ९ : ०१ बजे