काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९८ हजार ४०० रुपैयाँ कायम छ । मंगलबार ९साउन २०० सुनको मूल्य हालसम्मकै उच्च थियो । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९८ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेको छ ।





