५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

चितवनमा करेन्ट लागेर मर्‍यो गैँडा



चितवन । चितवनको माडी नगरपालिका–२, भैरवपुरमा करेन्ट लागेर करिब २० वर्षको एउटा भाले गैँडा मरेको छ ।

बुधबार ९साउन २१० बिहान ९ः३० बजे गैँडा धानबारीमा करेन्ट लागेर मरेको अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए ।

गैँडाका खाग, खुर सुरक्षित छ । कसले कुन प्रयोजनका निम्ति धानबारीमा विद्युतीय करेन्ट छोडेको भन्ने विषयमा अनुसन्धान सुरु गरिएको उनले बताए । रासस

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  १२ : २४ बजे