२३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026

सुनको मूल्य तोलामा ११ सयले घट्यो



काठमाडौँ । स्थानीय बजारमा सुन–चाँदीको भाउ सामान्य गिरावट आएको छ ।

आइतबार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार एक सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ९९ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ११ : २९ बजे